नेपालगञ्ज : बाँकेस्थित नौबस्ता बाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्यु भएको छ । घटनामा पाँच जनाको मृत्यु र २ जना घाइते भएका सुरक्षा स्रोतले जनाएको छ । बाल सुधारबाट केही युवा फरार भएको बताइएको छ।
स्रोतका अनुसार मृत्यु हुनेमा दैलेखका भुपेन्द्र खत्री, बाँकेका समिर थापा, अछामका उमेश विष्ट, कैलालीका जगत देउवा र दाङका दिनेश घर्तीमगर छन् ।
गएराति सुधारगृहमा झडप भएको थियो । त्यसक्रममा प्रहरीले पनि नियन्त्रणको प्रयास गरेको थियो ।
घटनामा घाइते भएकाहरुलाई बाँकेको नेपालगञ्जस्थित भेरी अस्पताल ल्याइएको थियो । ती घाइतेमध्ये पाँच जनाको उपचारको क्रममा मृत्यु भएको स्रोतले पुष्टि गरेको छ । घाइते दुई जनाको उपचार जारी छ ।
देशभर जेनजीको आन्दोलन चर्किंदा नौबस्ताको बालसुधार गृहमा रहेकाहरु पनि भाग्न खोजेका थिए । प्रहरीले रोक्न खोजेको थियो । त्यही क्रममा झडप भएको थियो । केही युवा भागेका छन् भने केही बालसुधारगृहभित्रै रहेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार