नेपालगञ्ज : नेपाल मगर संघ कोहलपुर नगर समितिले मगर भाषा संरक्षण तथा प्रवद्र्धनका लागि १५ दिने मगर भाषा प्रशिक्षण कार्यक्रम सुरु गरेको छ। कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा आयोजित उक्त तालिम चैत्र १६ गतेदेखि प्रारम्भ भएको हो।
कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले मगर समुदायको भाषा, कला र संस्कृतिको जगेर्नाका लागि सहयोग गरिएको बताए। प्रशिक्षण कार्यक्रममा १५ वर्षदेखि ७६ वर्ष उमेर समूहका व्यक्तिहरूको सहभागिता रहेको नेपाल मगर संघ कोहलपुर नगर समितिका अध्यक्ष कृष्ण बहादुर पुन मगरले जानकारी दिए।
प्रशिक्षण कार्यक्रम हरेक दिन दिउँसो १ बजेदेखि ४ बजेसम्म सञ्चालन हुनेछ, जसमा प्रशिक्षकहरू पिनु थापा मगर र गगनबहादुर थापा मगरले प्रशिक्षण दिनेछन्। नेपाल मगर संघ कोहलपुर नगर समितिका सचिव हेमन्त पुन मगरका अनुसार कोहलपुर नगर क्षेत्रका १५ वडाबाट ३५ जना प्रशिक्षार्थीहरूले तालिम लिइरहेका छन्।
प्रशिक्षण कोहलपुरको १३ बिघास्थित बौद्ध गुम्बामा सञ्चालन भइरहेको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार