Listen LIVE

ब्रिनोजद्वारा सात हजार बढीको कानको उपचार

नेपालगञ्ज : नेपालगञ्ज फुलटेक्रास्थित ब्रिनोज कान स्वास्थ्य अस्पतालले एक वर्षमा पश्चिम नेपालका तीन प्रदेशका सात हजार छ सय भन्दा बढीलाई कान उपचार सेवा प्रदान गरेको छ ।

अस्पतालका आउट रिच इन्चार्ज भीषण कुमार चौधरीका अनुसार आर्थिक वर्ष २०८१–०८२ मा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न २१ स्थानमा पुगेर आउट रिच कार्यक्रमअन्तर्गत कान स्वास्थ्य सम्बन्धी शिविरका माध्यमबाट सात हजार छ सय ५६ जनालाई उपचार सेवा प्रदान गरिएको हो ।

सेवा लिनेमा पुरुषको तुलनामा महिला धेरै रहेका छन् । तीन हजार ३३९ जना पुरुषले सेवा लिदा चार हजार ३१७ जना महिलाले उपचार सेवा लिएको इन्चार्ज चौधरीले बताए ।

सो क्रममा ९६२ जनामा कान पाक्ने, ९११ जनामा कानेगुजी, कानभित्र पानी जमेको १३८ जना, धुसी २४९ जना र अन्य चार हजार ९१३ जनामा अन्य समस्या देखिएकोमा उनिहरु सबैको उपचार गरिएको आउट रिच इन्चार्ज चौधरीले बताए ।

शिविरबाट ब्रिनोज कान अस्पतालमै आएर उपचार गर्नेको संख्या ३३५ रहेको पनि उनले जनाए । उनका अनुसार तीमध्ये ५३ जनाको शल्यक्रिया गरिएको थियो भने ६४ जनाको कानमा मेसिन लगाइएको थियो ।

प्रतिक्रिया