Listen LIVE

भोली नेपालगञ्जमा सार्वजनिक बिदा

नेपालगञ्ज : मुस्लिम समुदायको पर्व मोहम्मद डेको अवसरमा नेपालगञ्ज उपमाहनगरपालिकाले सार्वजनिक बिदा दिएको छ । भोलि परेको मोहम्मद डेको अवसरमा उपमहानगरले सार्वजनिक बिदा दिएको हो ।

नेपालगञ्ज उपमहानगरले आज एक सूचना जारी गर्दै उपमहानगरका १८ वटै वडा कार्यालय, शैक्षिक संस्थाहरु, उपमहानगर अन्तर्गतका कार्यालयहरु तथा स्वास्थ्य संस्थाहरुबाट प्रदान हुने अत्यावश्यक स्वास्थ्य सेवा बाहेकका कार्यालयहरुलाई सार्वजनिक विदा दिईएको जनाईएको छ ।

इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९९ औं जन्मोत्सवको अवसरमा मुस्लिम समुदायले विशेष पर्वकारुपमा मनाउने गर्दछन् ।

प्रतिक्रिया