बैजनाथ (बाँके) : बाँकेको बैजनाथ गाउँपालिका ६, गडरहि नजिक पूर्व–पश्चिम राजमार्गदेखि करिब ३० फिट दक्षिणतर्फ रहेको जमेको पानीमा एक पुरुषको सडेको अवस्थामा शव फेला परेको छ ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार, स्थानीयवासीको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले शुक्रवार विहान करिब ९ बजे उक्त शव फेला परेको जनाएको छ । घटनास्थलमा प्रहरी टोलिले मृतकको साथवाट वरामद कागजातका आधारमा उक्त शव बैजनाथ गाउँपालिका–३ निवासी ६५ वर्षीय रन बहादुर दमाई भएको अनुमान गरेको छ । प्रहरीका अनुसार शव अत्यधिक सडेको अवस्थामा फेला परेकाले घटना केही दिन अगाडि नै भएको अनुमान गरिएको छ ।
निजको शव श्री ज्योति आधारभूत विद्यालयको उत्तरपट्टिको क्षेत्रमा फेला परेको प्रहरीको भनाई उद्धृत गर्दै हाम्रा समाचारदाताले वताएका छन् । प्रहरीले परिवारका सदस्य र स्थानीय जनप्रतिनिधिहरूलाई जानकारी गराई घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार