Listen LIVE

बर्दियामा छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु

बर्दिया : बर्दिया जिल्लामै छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु भएको छ । गुलरिया नगरपालिका–३ भगवती टोलकी ४ वर्षीया दीक्षा यादवको पोखरीमा डुबेर र वडा नम्बर ११ बाधापुरका २१ वर्षीया अस्मिन गद्दीको करेन्ट लागेर मृत्यु भएको हो ।

टायल बनाउन प्रयोग गरिने पोखरीमा डुबेर बालिकाको मृत्यु भएको र पंखाबाट करेन्ट लागि गम्भीर घाइते भएकी गद्दीको बर्दिया अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुवै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया