Listen LIVE

मोहना नदीमा डुबेर एक जनाको मृत्यु

कैलाली : कैलालीको मोहना नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । कैलालीको कैलारी गाउँपालिका–६ घर भई धनगढी उपमहानगरपालिका–९ बस्ने ४० वर्षीय राजेश चौधरीको धनगढी उपमहानगरपालिका–९ स्थित मोहना नदीमा माछा मार्ने क्रममा पानीमा डुबेर मृत्यु भएको हो ।

डुबेर गम्भिर घाइते भएका चौधरीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया