नेपालगञ्ज : सशस्त्र प्रहरीले नेपालगञ्जबाट ठुलो परिमाणमा अवैध औषधि बरामद गरेको छ।
नेपालगञ्जको जमुनाहास्थित प्रस्तावित सीमा सुरक्षा गुल्मबाट डीएसपी प्रदिप बुढाथोकीको नेतृत्वमा गएको टोलीले ४४ लाख १० हजार ४८४ रुपैयाँँ बराबरको अवैध औषधि बरामद गरेको हो।
सशस्त्र प्रहरी नं.३० गण बागेश्वरी बाँकेका अनुसार उक्त परिमाणको औषधि नेपालगन्ज–१५ जमुनाहाबाट बरामद गरिएको हो।
बरामद गरिएका सबै अवैध औषधिलाई आबश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी बल नं. ३० गण नेपालगञ्जले जनाएको छ।
2025-02-23
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार