Listen LIVE

गोठमा आगलागी हुँदा वृद्धको मृत्यु

कैलाली : कैलालीमा सुतीरहेको गोठमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ । गौरीगङ्गा नगरपालिका १० जवलपुर गाउँको एक गोठमा आगलागी हुँदा गोठको भुँइतलामा सुतेका ७२ वर्षीय कक्रु डङ्गौरा थारूको मृत्यु भएको इलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ।

गएराती करिब २ बजेको काठ र खरले बनेको गोठमा एक्कासी आगलागी भएको परिवारले थाहा पाएपछि गोठमा बाँधेका गाईगोरु खोलेर छोडे पनि गोठको माथिल्लो तलामा सुतेका वृद्ध थारूको जलेर घटना स्थलमै मृत्यु भएको जनाइएको छ । 

इलाका प्रहरी कार्यालय मसुरियाका इन्चार्ज खेमराज पन्तले प्रहरीलाई खबर हुनासाथ घटना स्थलपुगेको जनाउँदै आगलागीको कारण खुल्न नसकेको बताए । उनले नजिक कतै आगो बालेको र वृद्ध थारूले चुरोट खाने गरेको अनुसन्धानबाट नपाइएको बताउँदै गोठमा बिजुली बत्तीको तारबाट बल्ब बल्ने व्यवस्था रहेकोले विद्युत् सर्ट भएको हुनसक्ने जनाए ।

प्रतिक्रिया