Listen LIVE

नेपालगञ्जमा गाडी दुर्घटनामा परी एक बालकको मृत्यु

नेपालगञ्ज : नेपालगञ्जको बेलासपुरमा दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । भे १ च ३८१५ नम्वरको पिकअप गाडी अनियन्त्रित भई घर भित्र पस्दा पाँच बर्षीय बालक दृश्य बुढाथोकीको निधन भएको हो ।

बेलासपुर गाउँको मोडमा रहेको एक घरबाट सामान लोड गरेर फर्किने क्रममा सिधै घर भित्र उक्त गाडी पस्दा खेलीरहेका दृश्यको घटनास्थलमै निधन भएको प्रहरीले जनाएको छ ।

प्रत्यक्षदर्शीका अनुसार, गेट खुल्लै रहेको घर भित्र अन्धाधुन्ध पसेको गाडीले घरधनी उत्तर बहादुर सिलवाल, उनकी छोरी सुमन बुढाथोकी, छोरा दृश्य बुढाथोकी, छोरा सन्जय सिलवाल, नाति सन्जित सिलवाल र नातिनी सृष्टि गौतमलाई ठक्कर दिएको थियो ।

घटनास्थलमै दृश्यको निधन भयो भने छोरा सन्जयको खुट्टा भाँचिएको छ भने अन्य घाईतेहरुको नर्सिङहोममा उपचार भईरहेको छ ।

प्रहरीले गाडीसहित चालकलाई नियन्त्रणमा लिएको छ । स्थानीयका अनुसार, घटना भएको बिपरित दिशामा रहेको घरमा बस्ने एक परिवारले कोठा सार्नका लागि उक्त गाडीलाई बहाल दिने गरि बोलाएका थिए ।

उक्त गाडीका चालकले ब्याक गर्ने क्रममा घरको भित्तामा ठोक्काएका थिए ।

प्रतिक्रिया