बर्दिया : बर्दियामा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु भएको छ । गुलरिया नगरपालिका–७ मनकामना टोलस्थित आफ्नो ठुलो आमाको घरमा बस्दै आएका मधुवन नगरपालिका–८ का बालक हार्दिक बिकको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको हो ।
करेन्ट लागेर घाइते भएका बालकको बर्दिया अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
शुक्रबार बिहान ७ बजेर ३५ मिनेटको समयमा खेल्ने क्रममा घरको टिनको छानामा चढेका बेला बालकलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण डाँगीले जानकारी दिए ।
2025-03-28
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार