Listen LIVE

कैलाली कारागारमा झडप, एकको मृत्यु, दर्जनौं घाइते

कैलाली : कैलाली जिल्ला कारागारमा झडप भएको छ । झडपका क्रममा एक जनाको मृत्यु भएको छ । झडपमा ४७ जना कैदीबन्दी घाइते भएको बताइएको छ ।

गएराति ११ बजे भएको झडपमा धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । गम्भीर घाइते भएका उनको उपचारका क्रम सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

४७ जना घाइतेहरुको पनि सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको र उक्त घटनामा ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

कैलाली कारागारम बिहीबार पनि झडप हुँदा ५ जना घाइते भएका थिए । प्रहरीले घटनाका बारेमा थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया