Listen LIVE

कैलाली कारागारमा कैदीबन्दीको मृत्यु

धनगढी : कैलाली कारागारमा एक कैदीबन्दीको उपचारका क्रममा मृत्यु भएको छ ।

जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका टीकापुर नगरपालिका–४ का ५६ वर्षीय रामकिसन चौधरीको सोमबार दिउँसो मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।

कारागारका जेलर प्रकाश ढुंगानाका अनुसार चौधरीलाई दिउँसो साढे २ बजेतिर रिंगटा लागेपछि उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो । अस्पताल पुर्याएको केहीबेरमै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

जबरजस्ती करणी मुद्दामा थुनामा रहेका चौधरी उच्च रक्तचापको समस्या भएका व्यक्ति भएको जेलर ढुंगानाले बताए । चिकित्सकले पनि उच्च रक्तचापकै कारण मृत्यु भएको प्रारम्भिक अनुमान गरेको उनले जानकारी दिए ।

प्रतिक्रिया