नेपालगञ्ज : नेपाल युवा उद्यमी मन्च नेपालगञ्ज च्याप्टरको नेतृत्व डा. ओम प्रकाश मिश्रले सम्हालेका छन् ।
मन्चको दोस्रो वार्षिक साधारण सभाले नयाँ कार्यसमितिको चयन तथा अनुमोदन गरेको हो । जसअनुसार डा. ओम प्रकाश मिश्र नयाँ अध्यक्षमा चुनिएका हुन् ।
नयाँ कार्यसमितिमा निवर्तमान अध्यक्ष तीर्थ थापा, प्रथम उपाध्यक्षमा अर्शद कमल सिद्दीकी र द्वितीय उपाध्यक्षमा अल्ताफ बगबान रहेका छन् ।
नवचयनित कार्यसमिति सदस्यहरूमा अभिनय शर्मा (लर्निङ चेयर), सिद्धनाथ जसरोटिया (इभेन्ट्स चेयर), दीपेश वैश्य (मेम्बरशिप चेयर), सिद्धान्त अग्रवाल, बसन्त भण्डारी, अशोक गौडेल, यश वैश्य, अभिलव शर्मा र पारश मोहपाल रहेका छन् ।
नयाँ कार्यसमितिलाई सभाले पूर्ण समर्थन र शुभकामना व्यक्त गर्दै अनुमोदन गरेको प्रथम उपाध्यक्ष अर्शदले बताए ।
साधारण सभाले हालै समावेश भएका १६ जना नयाँ सदस्यहरूलाई स्वागत गरेको छ, जसको औपचारिक स्वागत खुला सत्रमा गरिएको बताइएको छ ।
त्यसअघि, संस्थापक अध्यक्ष डा. नितेश कानोडियाको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष डा. मिश्रले आर्थिक वर्ष २०८१/८२ को वित्तीय प्रतिवेदन प्रस्तुत गरे जसलाई सर्वसम्मतिले पारित गरिएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार