बर्दिया : बर्दियामा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बाघको आक्रमणबाट मधुवन नगरपालिका ७ ताराताल बस्ने ५१ वर्षिया जुनाकुमारी लामिछानेलाई चितुवाले आक्रमण गर्दा उनको मृत्यु भएको हो ।
भारतीय सीमा नजिकै आफ्नै खेतमा घाँस काटिरहेको अवस्थामा लामिछानेलाई चितुवाले आक्रमण गरेको स्थानीयले बताएका छन् । घाँस काटिरहेको अवस्थामा अचानक चितुवाले आक्रमण गर्दा उनको घाँटीमा चोट लागेको थियो । उनको तत्काल उद्धार गरी उपचारका लागि बर्दिया अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक ऋषिराम घर्तिमगरले बताए ।
भारतीय जङ्गलबाट आएको चितुवाले आक्रमण गरेको स्थानीयले बताएका छन् । ताराताल क्षेत्र भारतको सीमा नजिक पर्दछ ।
2025-02-07
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार