Listen LIVE

जेन–जी आन्दोलन : बाँकेका दर्जनौं कार्यालयमा लुटपाट र आगजनी

नेपालगञ्ज : भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा बाँकेमा अधिकांश सरकारी कार्यालयमा आगजनी गर्दै लूटपाट भएका छन् । बाँकेका दुई वटा राजनीतिक दलका कार्यालय, एक जना मेयरको निजी निवासमा पनि आगजनी भएको छ ।

प्राप्त विवरण अनुसार बाँकेका सरकारी कार्यालयमध्ये जिल्ला प्रशासन कार्यालय बाँके, आन्तरिक राजस्व कार्यालय, उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलास, बाँके जिल्ला अदालत, नेपालगञ्ज उपमहानगरपालिकाको कार्यालय, कोहलपुर नगरपालिका, नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिका, नेपालगञ्ज भन्सार कार्यालय, राजस्व अनुसन्धान कार्यालय कोहलपुर, नापी र मालपोत कार्यालय, यातायात कार्यालय, इलाका प्रहरी कार्यालय जयसपुर, हुलाक कार्यालय, कृषि ज्ञान केन्द्र, ट्राफिक प्रहरी कार्यालय नेपालगञ्ज लगायत दर्जनौं सरकारी कार्यालयमा आगजनी र लूटपाट भएका हुन् ।

त्यसैगरी नेपाली कांग्रेस र नेकपा एमालेको पार्टी कार्यालयमा आगजनी भएका छन् । आगजनीमा सबै सरकारी कार्यालयमा रहेका सरकारी सवारीसाधनमा समेत आगजनी भएका छन् भने सरकारी कार्यालयमा रहेका सबै जिन्सी सामग्री, कागजात, भन्सार कार्यालयमा लिलामका लागि रहेका मोटरसाइकल लुटपाट भएको हो ।

प्रतिक्रिया