दाङ : मोटरसाइकल दुर्घटना हुँदा सोमबार बिहान लमहीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यानको बागचौर नगरपालिका–३ घर भई हाल तुलसीपुर–९ बेलुवा बस्ने ३० वर्षीय लिलाराम डाँगी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी ईश्वर थापाले बताए ।
लमहीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा ७ प ४९५४ नम्बरको मोटरसाइकल लमहीको रातो डाँडानजिकै दुर्घटना हुँदा मोटरसाइकलमा सवार डाँगीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते डाँगीको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका–५ न्युरोडका २६ वर्षीय रोशन विक घाइते भएका छन् । विकलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।
2024-11-25
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार