Listen LIVE

नेपाल प्रेस युनियन बाँकेद्वारा सम्मान

नेपालगञ्ज : नेपाल प्रेस युनियन बाँकेले नेपाल पत्रकार महासंघमा नवनिर्बाचितहरूलाई शुक्रबार नेपालगञ्जमा सम्मान गरेको छ ।

सम्मान कार्यक्रममा नेपाली काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल र नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृती ढकाल, बरिष्ठ पत्रकार निरज गौतमले सयुक्तरूपमा नेपाल पत्रकारमहासंघ बाँके र प्रदेश समितिमा नवनिर्बाचित पदाधिकारी, सदस्य केन्द्रीय परिषद सदस्य, प्रदेश परिषद सदस्यहरूलाई दोसल्ला ओढाए सम्मान गरेका थिए ।

कार्यक्रममा नेपाली काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलले पत्रकारहरू बलियो भए मात्र समाज र राष्ट्रिय बलियो हुने बताउँदै पत्रकारहरूले सत्यतथ्य समाचार प्रकाशित गर्नुपर्ने बताए ।

नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृती ढकालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाल प्रेस युनियन केन्द्रीय बरिष्ठ उपाध्यक्ष प्रेम केसी, नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशका उपाध्यक्ष जय सिह केसी, पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाई, नेपाल पत्रकार महासंघ बाँकेका नवनिर्बाचित अध्यक्ष नवीन गिरी, नेपाल प्रेस युनियन बाँकेका उपाध्यक्ष कमल केसी, बरिष्ठ पत्रकार निरज गौतम, पत्रकारहरूको छबि समाजमा दिन प्रतिदिन खस्किँदै गएको हुनाले नवनिर्बाचित पत्रकार महासंघका नेताहरूले खस्किँदै गएको छवि सुधार गर्नुपर्ने धारण राखेका थिए ।

प्रतिक्रिया