सुर्खेत : सुर्खेत प्रहरीको हिरासतमा एक थुनुवाको मृत्यु भएको छ । सुर्खेतको वीरेन्द्रनगरस्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा लागुऔषध मुद्दामा थुनामा रहेका वीरेन्द्रनगर–११ पिपिराका ३५ वर्षीय गंगे सुनारको मृत्यु भएको हो ।
गंगेको आज बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार आज बिहान ६ बजे सँगै सुतेका साथीले उठाउन खोज्दा बेहोस अवस्थामा फेला परेका गंगेलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । मृत्युपछि प्रहरीले हिरासत कक्षको सीसीटीभी फुटेज जाँच गर्दा त्यहाँ कुनै असामान्य गतिविधि नदेखिएको सुर्खेत प्रहरीले जानकारी दिएको छ ।
लागुऔषधसहित पक्राउ परेका गंगे ७८ दिनदेखि हिरासतमा थिए र आज नै उनको मुद्दाको पेसी समेत रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
2025-11-07
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार