नेपालगञ्ज : बाँकेको जानकी गाउँपालिका क्षेत्रबाट प्रहरीले ८० किलो अवैध भारतीय बोइलर कुखुरा बरामद गरेको छ ।
प्रहरी चौकी साईगाउँ र बेलभार प्रहरी चौकीको संयुक्त टोलीले आज दिउँसो साढे २ बजे जानकी–२ बेलभारमा भारतबाट अवैधरुपले तस्करी गरेर ल्याइएको ८० किलो बोइलर कुखुरा बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
बाँके प्रहरीले बरामद गरिएको अन्दाजी ८० किलो कुखुराको बजार मूल्य झण्डै २४ हजार रुपैयाँ बराबरको रहेको जनाएको छ । बरामद गरिएका अवैध बोइलर कुखुरालाई आबश्यक कारबाही पछि क्वारेन्टाइन कार्यालय नेपालगञ्ज पठाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
2025-03-25
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार