Listen LIVE

बालिका बलात्कार आरोपमा एकेडेमी सञ्चालक चन्द पक्राउ

नेपालगञ्ज : बाँकेको कोहलपुर स्थित सेन्चुरी एजुकेशनल एकेडेमीका सञ्चालक लोकेन्द्र चन्द पक्राउ परेका छन् । १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले चन्दलाई पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी आयुश जोशीका अनुसार चन्दलाई बुधबार बेलुका कोहलपुरबाट पक्राउ परेका हुन् ।  पीडित १४ वर्षीया बालिकाले बुधबार उजुरी दिएपछि सोही दिन नै कोहलपुरबाट चन्दलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय बाँकेमा ल्याइएको डिएसपी जोशीले जानकारी दिए । 

‘पीडित बालिका १४ वर्षीया हुन्, उनले दिएको उजुरीमा पीडक चन्दले पटक–पटक करणी गरेको उल्लेखछ ।’ डिएसपी जोशीले अगाडी भने–‘पीडकले पीडित बालिकालाई पछिल्लो पटक कार्तिक १४ गते बलात्कार गरेको उजुरीमा उल्लेख छ ।’ 

पक्राउ परेका एकेडेमी सञ्चालक चन्दलाई हिरासतमा राखेर घटनामाथि सुक्ष्म अनुसन्धान भइरहेको बाँके प्रहरीले बताएकोछ । प्रहरीले पीडित १४ वर्षीया बालिकाको पहिचान गोप्य राखेकोछ ।

प्रतिक्रिया