Listen LIVE

लैङ्गिक तथा जलवायु परिवर्तन पाठ्यक्रम सम्बन्धि तालिम सम्पन्न

नेपालगञ्ज : बाँकेका तीन वटा स्थानीय तहका १२ विद्यालयका फोकल शिक्षक, शिक्षक, सामाजिक परिचालकहरु तथा खजुरा गाउँपालिका शिक्षा शाखाको टिमको सहभागितामा सञ्चालित चार दिने तालिम सम्पन्न भएको छ । 

रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा बास नेपालद्वारा सञ्चालित बालिका शिक्षा कार्यक्रम अन्तर्गत आयोजना गरिएको चार दिने तालिम लैङ्गिक तथा जलवायु परिवर्तन पाठ्यक्रम सम्बन्धि रहेको थियो । असोज १८ गतेदेखि २१ गतेसम्म चलेको तालिमको सहजीकरण सामाजिक परिचालकहरुको सहयोगमा रुम टु रिडका वरिष्ठ कार्यक्रम अधिकृत सुष्मा राई र कार्यक्रम अधिकृत निरोज कोइरालाले गरेका थिए । 

कार्यक्रमको समापनमा बोल्दै तालिमका सहभागी तथा खजुरा गाउँपालिका शिक्षा शाखा प्रमुख खगेन्द्र बहादुर मल्लले लैङ्गिक तथा जलवायु परिवर्तन पाठ्यक्रम निकै उपयोगी भएको बताए । उनले तालिमबाट सिकेको कुरालाई व्यवहारमा लागू गरी नमुना काम गर्न सबैलाई अनुरोध गरे ।

तालिमको समापनमा बोल्ने सहभागी शिक्षकहरुले लैङ्गिक तथा जलवायु परिवर्तनका बारेमा स्पष्टसँग जानकारी भएको र बिद्यालयमा सिकेको कुरालाई लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सो क्रममा तालिमका सहभागी तथा खजुरा गाउँपालिका शिक्षा शाखाका प्रास निर्मल रेग्मी, सुमन सिंह बस्नेत लगायतले आफ्ना सिकाईबारे भनाई राखेका थिए । 

बासका कार्यवाहक अध्यक्ष शिब कुमार बर्माको अध्यक्षतामा भएको समापन कार्यक्रममा सहभागी शिक्षकहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । 

बालिका शिक्षा कार्यक्रम संयोजक हेमराज भट्टले सञ्चालन गरेको समापन–सत्रमा खजुरा गाउँपालिका शिक्षा शाखा प्रमुख मल्ल, प्रास रेग्मी, रुम टु रिडका सिनियर फिल्ड कार्यक्रम प्रबन्धक खड्ग बहादुर कुवँर, वरिष्ठ अधिकृत राई, कार्यक्रम अधिकृत निरोज कोइराला, बासका केन्द्रीय निर्वतमान अध्यक्ष रमेश सिटौला, कार्यकारी निर्देशक नमस्कार शाह लगायतको उपस्थिति रहेको थियो । 

तालिममा खजुरा, बैजनाथ र कोहलपुरका फोकल शिक्षक, शिक्षक र सामाजिक परिचालक तथा खजुरा गाउँपालिका शिक्षा शाखाको प्रमुख तथा प्रास गरी २९ जनाको सहभागिता रहको थियो ।

प्रतिक्रिया