नेपालगञ्ज : भक्तजनहरुले फालेको फोहरका कारण दुगन्धित बनेको नेपालगञ्जको बागेश्वरी मन्दिर परिषरमा स्थानीय ब्यापारीहरुले सरसफाई गरेका छन् । नेपालगन्ज उद्योग बाणिज्य संघको आह्वानमा मन्दिर परिसरमा ब्यापारीहरुले सरसफाई गरेका हुन् ।
दिनहुँ भक्तजनहरुको घुँइचो लाग्ने बागेश्वरीमा फोहर थुप्रियर दुर्गन्धित बनेपछि संघले सरसफाईका लागि आब्हान गरेको हो । मन्दिरको आन्तरिक प्रशासनले मन्दिरको वरिपरि मात्र सरसफाई गरेपनि बागेश्वरीको उद्यान (बागेश्वरी पार्क), जिर्णोद्वा हुँदै गरेको जुङ्गे महादेव परिसर तथा मन्दिर बाहिरको परिसरमा फोहर थुप्रिने गरेको छ ।
ब्यवसायीहरुको सामाजिक उत्तरदायित्व अन्तर्गत सरसफाई गरिएको संघका अध्यक्ष टंक धामीले बताए । सरसफाईमा संघका पूर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, अध्यक्ष धामी, बरिष्ठ उपाध्यक्ष चिरन्जिबी ओली, महासचिव भीम रानाभाट, सदस्य युवराज ढकाललगायत बिहानै बागेश्वरी सरसफाईमा पुगेर सरसफाईमा जुटेका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार