नेपालगञ्ज : प्रहरीले बाँकेका विभिन्न स्थानबाट लागुऔषध ब्राउन सुगरसहित ४ जनालाई पक्राउ गरेको छ। बाँके प्रहरीको टोलीले नेपालगन्ज उपमहानगरपालिकाबाट ३ जनालाई पक्राउ गरेको छ भने कोहलपुरबाट एक जनालाई पक्राउ गरेको जनाएको छ।
नेपालगञ्ज–१५ जमुनाहाबाट १ ग्राम ४४० मिलिग्राम ब्राउन सुगरसहित कोहलपुर नगरपालिका–१० का ३० वर्षीय गौरव शर्मालाई प्रहरीले जमुनाह नाका नजिकबाट इलाका प्रहरी कार्यालय जमुनाह र लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले सोमबार दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।
त्यसैगरी प्रहरीले नेपालगन्ज–२ वाटरपार्क नजिकबाट १ सय ६० मिलिग्राम ब्राउनसुगरसहित सुर्खेतको बीरेन्द्रनगर नगरपालिका–६ का १९ वर्षीय अर्जुन सुनार समेत गरि दुई जनालाई सोमबार बेलुकी पक्राउ गरेको हो । अर्जुनसहितको टोलीलाई अस्थायी प्रहरी पोष्ट बसपार्क र लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले ब्राउन सुगरसहित पक्राउ गरेको हो।
सोमबार बेलुकी नै इलाका प्रहरी कार्यालय कोहलपुरले १ ग्राम ६५० मिलिग्राम ब्राउन सुगरसहित कोहलपुर–१२ का २६ वर्षीय रोनित थापालाई पक्राउ गरेको हो। थापालाई ब्राउन सुगर लिएर जाँदै गरेको अवस्थामा कोहलपुर प्रहरीले कोहलपुर–११ चप्परगौडीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।
पक्राउ परेका उनीहरुविरुद्ध लागुऔषध कसुर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी बाँकेले जनाएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार