Listen LIVE

युवा क्लब संजालको सक्रियतामा जेब्रा क्रसिङ मर्मत

नेपालगञ्ज : कोहलपुर युवा क्लब संजालको अग्रसरतामा कोहलपुरका सडकमा जेब्रा क्रसिङ मर्मत गरिएको छ । संजालले  कोहलपुरलाई सुन्दर र सुरक्षित बनाउने उद्देश्यले विभिन्न कार्यक्रमहरू गर्दै आएको छ ।संजालका अध्यक्ष रमेश वर र सचिव प्रतिष्ठा गौतमको नेतृत्वमा नेपालगञ्ज–कोहलपुर सडकखण्डमा जेब्रा क्रसिङ्ग तथा सडक रेखा कार्य मर्मत गरिएको हो ।

सडक सुरक्षालाई प्राथमिकता दिँदै संजालले पैदलयात्रीहरूका लागि सुरक्षित आवागमन सुनिश्चित् गर्न सडक चिन्हहरू सुधार गरेको हो । यस अभियानअन्तर्गत विभिन्न स्थानहरूमा जेब्रा क्रसिङ्ग पुनर्निर्माण तथा रंगरोगन गरिएको छ ।

संजालका पदाधिकारीहरूले स्थानिय सरकार, व्यवसायी तथा सर्वसाधारणलाई कोहलपुरलाई व्यवस्थित, सफा र सुरक्षित बनाउने अभियानमा साथ दिन आह्वान गरेका छन् । संजालले यसअघि पनि वातावरण संरक्षण, ट्राफिक सचेतना र सामाजिक सेवाका विभिन्न कार्यक्रमहरू सञ्चालन गरिसकेको छ ।

प्रतिक्रिया