नेपालगञ्ज : बाँकेको डुडुवामा रहेको जयेन्दु बाल सुधार गृहमा झडप भएको छ ।
बालबन्दीबीचको झडपमा ६ जना घाइते भएको बाँकेका प्रहरी प्रवक्ता डीएसपी दिपक पातलीले जानकारी दिए । घाइते ६ जनालाई उपचारका लागि नर्सिङहोम नेपालगञ्ज ल्याइएको छ ।
प्रवक्ता पातलीका अनुसार, बाल सुधार गृहमा राति ११ बजेतिर झडप भएको खबर आएको थियो । त्यसपछि ठूलो संख्यामा प्रहरी घटनास्थलमा पुग्यो । प्रहरीले राती डेढ बजेतिर घाइतेको उद्दार गरेको थियो ।
प्रहरीलाई भित्र जान दिइएको छैन । सम्झाएर भित्र जाने प्रयास भइरहेको छ । कति भागे भन्ने यकिन हुन सकेको छैन । दुई जना भागेको बाहिर खबर आएको छ ।
बाल सुधार गृहमा अढाइ सय बालबन्दी रहेका छन् । यहाँ पटक–पटक झडप हुने गर्दछ । केही दिन अघिमात्रै तीन जना प्रहरीलाई कुटेका थिए ।
यसअघि झडप गरिरहनेहरूलाई प्रहरीले नौबस्ता सुधार गृहमा स्थानान्तरण गरेको थियो । त्यहाँ पनि पटक–पटक झडप हुने गरेको छ । केही भागेका थिए, अझै फेला परेका छैनन् ।
बाल सुधार गृह सुरक्षा चुनौती बनिरहेको छ । प्रहरीले बल प्रयोग गर्दैन । भित्र रहेकाहरु आपसमा लडिरहन्छन् ।
१८ वर्ष नपुगेलाई राख्न बनाइएको बाल सुधार गृहमा २८–२९ वर्षकासम्म बसाउँदा सधै लफडा हुने गरेको जानकारहरू बताउँछन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार