Listen LIVE

बाँकेका चार पालिकामा आज सार्वजनिक बिदा

नेपालगञ्ज : इस्लाम धर्मावलम्बीहरूको महान पर्व इद–उल–अज्हा (बकर ईद) को अवसरमा बाँकेका चार वटा स्थानीय तहमा आज आइतबार सार्वजनिक बिदा दिइएको छ।

नेपालगञ्ज उपमहानगरपालिका, नरैनापुर गाउँपालिका, जानकी गाउँपालिका र खजुरा गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेका हुन्।

प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा, नरैनापुर अध्यक्ष शैयद इस्तियाक अहमद शाह, जानकी अध्यक्ष छब्बन खाँ र खजुरा अध्यक्ष डम्बर विकले छुट्टाछुट्टै सूचना जारी गर्दै पालिकाबाट प्रदान गरिने अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवा बन्द हुने जनाएका छन्।

बकर ईद तीन दिन मनाइने पर्व हो। यस वर्षको पहिलो दिन शनिबार परेको बकर ईदका कारण आइतबार स्थानीय सार्वजनिक बिदा दिइएको हो।

इद–उल–अज्हा मुस्लिम समुदायको दोस्रो ठूलो पर्व हो, जुन रमजानको उपवासपछि मनाइन्छ। यस अवसरमा बलिदान, परोपकार र एकताको सन्देश दिइने गरिन्छ। मुस्लिम धर्मावलम्बीले विशेष नमाज पढ्ने, दान गर्ने र शुभकामना साट्ने परम्परा छ।

प्रतिक्रिया