दाङ : दाङको सञ्चार उद्यमी देवीप्रसाद धिताल ‘हेमराज’ का हत्यारालाई कारबाही गर्न गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराइएको छ । हेमराजका भाइ पुष्कर धितालको तर्फबाट रेडियो तुलसीपुरका स्टेसन प्रमुख अर्जुन गरी र प्रेस चौतारीका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश सह ईन्चार्ज गणेश आचार्यले आज गृहमन्त्री लेखकलाई ध्याकर्षणपत्र बुझाएका हुन् ।
रेडियो तुलसीपुरका अध्यक्ष रहेका हेमराजको २०६७ साल साउन ६ गते अपरान्ह तुलसीपुर–१२, जसपुरमा अज्ञात समूहले गोली हानी हत्या गरेको थियो ।
ध्याकर्षणपत्र बुझ्दै गृहमन्त्री लेखकले अपराधीलाई कारबाही गर्नु राज्यको कर्तव्य भएको भन्दै सञ्चार उद्यमी हेमराजका हत्याराको पहिचान गरी कारबाही गर्न प्रहरीलाई निर्देशन दिने प्रतिबद्धता जनाए ।
हत्याराको पहिचानगरी कारबाही गरिने उनले बताए । ‘१५ वर्षसम्म पनि सञ्चार उद्यमीका हत्यारा पत्ता नलाग्नु दुःखद हो ।’ गृहमन्त्री लेखकले भने, ‘ढुक्क हुनुस, यस घटनालाई तत्काल गम्भीर अनुसन्धान गरी कारबाही गर्न आइजिपीलाई निर्देशन दिन्छु ।’
यो घटना अहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गरिरहेको छ । सिआइबीले अनुसन्धान थाले पनि अनुसन्धानमा उपलब्धि भने शून्य भएको मृतक हेमराजका भाइ पुष्करको गुनासो छ । उनका अनुसार प्रहरीले हालसम्म हत्याराको स्केचसमेत तयार पार्न सकेको छैन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार