नेपालगञ्ज : “बालबालिकाको सफलताका लागि अभिभावकको संलग्नता नै आधार हो” भन्ने नाराका साथ बर्दियाको गुलरियामा तीन पालिकाका शिक्षा सम्बद्ध सरोकारवालाहरुको सहभागितामा दुई दिने अभिमुखीकरण तथा प्रेरणात्मक कार्यक्रम सम्पन्न भएको छ ।
प्लान इन्टरनेशनल नेपालसंगको साझेदारीमा बाँके युनेस्को क्लबले सञ्चालन गरेको बालिका शसक्त परियोजना अन्तर्गत सो कार्यक्रम आयोजना गरिएको हो ।
सो अभिमुखीकरण तथा प्रेरणात्मक कार्यक्रममा बर्दियाको गुलरिया र मधुवन नगरपािलका तथा बढैयाताल गाउँपालिकाका १५ वटा विद्यालय तथा शिक्षा इकाईका प्रतिनिधिहरु गरेर २१ जनाको सहभागिता रहेको बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक रवि कुमार तुलाधरले बताए ।
उनका अनुसार कार्यक्रमको उद्देश्य सबैका लागि गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने, “एक घर एक अध्ययन कुनाको” अभियानलाई प्रवद्र्धन गर्ने तथा अभिभावक–शिक्षक–विद्यार्थीबीचको सहकार्यलाई मजबुत पार्ने रहेको थियो ।
कार्यक्रमको समापन गर्दै गुलरिया नगरपालिकाकी उप–प्रमुख साबित्रा गौतमले सक्रिय अभिभावक, सहयोगी शिक्षक र प्रेरणादायी समुदायको संयोजनले मात्र हरेक बालबालिकाको भविष्यलाई उज्ज्वल बनाउन सक्ने बताइन् ।
बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले समापन कार्यक्रमको अध्यक्षता गर्दै बालबालिकाको सफलताका लागि अभिभावकको संलग्नता प्रमुख आधार भएको जनाउँदै अभिभावकले निरन्तर ध्यान दिनुपर्नेमा जोड दिए ।
सो अवसरमा पत्रकार ज्योति पन्थी, अजय चापागाईं, बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक रविकुमार तुलाधर र प्राविधिक संयोजक साजिद अली सिद्दीकीलगायतको पनि उपस्थिति रहेको थियो ।
मधुवन नगरपालिकाका शिक्षा अधिकृत नारायण प्रसाद खनालले उदघाटन गर्नु भएको सो कार्यक्रमको सहजीकरण रवि किरण श्रेष्ठले गरेका थिए भने कार्यक्रमको सञ्चालन बाँके युनेस्को क्लबका उप–कार्यकारी निर्देशक तथा सशक्त बालिका परियोजनाका संयोजक गोविन्द प्रसाद लमिछानेले गरेका थिए ।
साथै, परियोजनाका अनुगमन तथा मूल्यांकन अधिकृत अनु चौधरी, कार्यक्रम अधिकृत विजय शर्मा तथा फिल्ड सुपरभाइजर भगवती बिक एवं नग्मा सिद्दीकीलगायतले सहयोग गरेका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार