नेपालगञ्ज : तिहारको सुरुवातसँगै नेपालगञ्जको त्रिभुवन चोकमा चाडपर्वको विशेष रौनक देखिएको छ । आजको धन्तेरसका अवसरमा भाडावर्तन, पूजाका सामग्री, लक्ष्मी पूजा र छठ पर्वका लागि भुटकि, मिठाई, र धानको लाभा किन्नेहरूको भीडले बजारमा उत्साह छाएको छ । नयाँ भाडावर्तन किनेर पूजा गर्ने परम्परालाई मान्नेहरूको चहलपहलले बजार व्यस्त भएको छ ।
नेपालगञ्जका व्यापारी बाबुलाल गुप्ताका अनुसार हरेक वर्ष तिहारको बेला धानको लाभाबाट मात्रै दश हजार रुपैयाँको आम्दानी हुने गरेको छ । यसैगरी, छठ पर्वको तयारीमा रहेका अन्य ग्राहकहरूले पूजा सामग्री र मिठाईहरू किनेर घर–घरमा पर्वको उमङ्ग पुर्याएका छन् ।
यातायातको चापले बजार अस्तव्यस्त बनेको छ भने ट्राफिक व्यवस्थापनमा थप चुनौती देखिएको छ । नेपालगञ्ज ट्राफिक प्रहरीका दीपेन्द्र रावलका अनुसार चाडपर्वको विशेष समयमा बजारमा निगरानी र व्यवस्थापन चुस्त बनाउन सम्पूर्ण ट्राफिक टोली क्रियाशील छ । यो समयलाई सबैले सहज र सुरक्षित रुपमा मनाउन सजगता अपनाइएको उनले बताए ।
यसरी छठ र तिहारका किनमेलले भरेको नेपालगञ्जको त्रिभुवन चोक, चाडपर्वको रौनकसँगै स्थानीयको सांस्कृतिक महत्त्वलाई पनि उजागर गरिरहेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार