बर्दिया : विद्यालयको हरेक सुचनालाई व्यवस्थित तरिकाले राख्न सहयोग पुग्ने उद्देश्यले बर्दिया जिल्लाका शिक्षकहरुलाई एकिकृत शैक्षिक सुचना तथा व्यवस्थापन प्रणाली व्यवस्थापन तालिम दिइएको छ ।
दुईदिनसम्म चलेको सो तालिम प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लव, राधाकृष्ण थारु जनसेवा केन्द्र र बिग्रुपको आर्थिक र प्राविधिक सहयोगमा संचालन गरिएको थियो ।
विद्यालयका हरेक भौतिक संरचना, विद्यार्थी संख्या, सवै सूचनाहरु एकीकृत रुपमा चुस्तदुरुस्त राख्ने हेतुले सरकारले एकिकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली लागु गरेको छ ।
शिक्षा विकास तथा समन्वय इकाई बर्दियाको आयोजना शिक्षा तथा मानव स्रोत विकास केन्द्र काठमाडौंको सहयोगमा सञ्चालित उक्त तालिममा बर्दिया जिल्लाका ८ वटै स्थानिय तहका शिक्षा युवा तथा खेलकुद शाखाका कर्मचारी, प्रत्येक पालिकाका ३–३ जना शिक्षकहरुको सहभागिता रहेको थियो ।
सफ्टवेयर सम्बन्धि ज्ञान नहुँदा विद्यालयको शैक्षिक गतिविधि अध्यावधिक गर्न समस्या भइरहेको र धेरैलाई यो सम्बन्धि ज्ञानको अभाव रहेकोले त्यसको समाधान गर्न र हरेक विद्यालयका गतिविधिलाई प्रबिधिसंग जोडन यस तालिमको आयोजना गरिएको शिक्षा विकास तथा समन्वय इकाई बर्दियाका प्रमुख सुर्य बहादुर खत्रिले जानकारी दिए ।
प्रमुख खत्रिले सुचना प्रणाली चुस्त दुरुस्त भएको खण्डमा योजना बनाउन सजिलो हुने र जुनसुकै योजना बनाउन अभिलेख आबश्यक पर्ने तथा बालबालीकाको सिकाइस्तर बढाउनका लागि जिल्लास्तरमा शिक्षासंग काम गर्ने साझेदार सस्थाहरु संग मिलेर काम गर्ने प्रयास गरिरहेको बताए ।
सो तालिमले शैक्षिक सुचना व्यवस्थापनमा थप मदत पुग्ने र सम्पुर्ण सुचनाहरु यो प्रणालीमा आएपछि विद्यालयले आगामी योजना निर्माणमा समेत सहयोग पुग्ने बढैयाताल गाँउपालिकाको विद्यालयका प्रधानाध्यापक बिमला गुरुङले बताइन् ।
तालिममा प्रशिक्षकको रुपमा शिक्षा मन्त्रालयका उपसचिब जिबन भण्डारी, शाखा अधिकृत प्रबिण बाबु महर्जन, शिक्षा तथा मावन श्रोत बिकास केन्द्र सानोठिमी काठमाडौका तथ्यांक अधिकृत शुशिल पौडेल रहनु भएको राधाकृष्ण जनसेवा केन्द्र बर्दियाअन्तर्गत वालिका सशक्त परियोजनाकी अधिकृत सिमा वलिले जानकारी दिइन्
समापन कार्यक्रममा बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक गोबिन्द प्रसाद लामिछाने, राधाकृष्ण थारु जनसेवा केन्द्रका कार्यक्रम संयोजक मनोज पौडेल र बि ग्रुपका लक्ष्मी प्रसाद शर्माको उपस्थिति रहेको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार