Listen LIVE

ब्राउन सुगरसहित बर्दियामा दुई जना पक्राउ

बर्दिया : प्रहरीले खैरो धूलोजस्तो देखिने लागू औषध ब्राउन सुगरसहित दुई युवालाई पक्राउ गरेको छ ।

प्रहरीले भारतीय सीमा नाका लौकाही हुँदै बर्दियाको गुलरिया नगरपालिका–११ स्थित हुलाकी सडकको गणेशपुरमा आउँदै गरेका युवालाई शंका लागि चेकजाँच गर्दा ४ सय ४० मिलीग्राम ब्राउन सुगर फेला पारेको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एवं डीएसपी ऋषिराम घर्ती मगरले सोही पालिका–४ का ३० का अनिल गोडिया र सोही पालिका–२ का ३३ वर्षीय विकास विकबाट उक्त पदार्थ फेला परेको बताए । पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक गोपाल न्यौपानेले बताए ।

प्रतिक्रिया