Listen LIVE

बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा शोभायात्रा

रूपन्देही : २५६९औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको अवसरमा सोमबार लुम्बिनीमा भव्य शोभा कलश यात्रा निकालिएको छ। लुम्बिनीस्थित ५ नम्बर गेटबाट सुरु भएको यात्रा मायादेवी मन्दिर, शान्ति दीप, केन्द्रिय नहर हुँदै अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन केन्द्रमा पुगेर समापन भएको हो।

लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यका अनुसार यात्रामा विभिन्न जातजातिका सांस्कृतिक झाँकीहरूको प्रस्तुति पनि गरिएको थियो। सम्मेलन केन्द्रमा आयोजना हुने औपचारिक कार्यक्रमको उदघाटन प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ९ बजेपछि गर्ने कार्यक्रम तय गरिएको छ।

बुद्ध जयन्तीको अवसरमा लुम्बिनीलाई आकर्षक रूपमा सजाइएको छ। तीन दिनसम्म विविध कार्यक्रम गरी मनाइने यो पर्वका लागि लुम्बिनी क्षेत्रलाई दुलहीझैं सिंगारिएको छ। साथै, लुम्बिनी विकास कोषले विशेष सरसफाइ अभियान सञ्चालन गरेकाले क्षेत्र स्वच्छ र सुन्दर देखिएको छ।

प्रतिक्रिया