नेपालगञ्ज : इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १५०० औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी बाँकेसहित देशभर धुमधामका साथ मनाइँदैछ ।
मुस्लिम समुदायको सन्देष्टाका रुपमा मोहम्मदलाई मान्ने गरिन्छ । पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्कामा भएको थियो । पछि साउदी अरबको मदिनामा गए । उनी जन्मेको ५३ वर्षपछि इस्लामिक पात्रो (हिजरी संवत्) सुरु भयो ।
अहिले हिजरी संवत् १५०० चलिरहेको छ । हरेक वर्ष हिजरी संवत् १० दिन पर सर्ने गरेको मुस्लिम अगुवाहरुको भनाई छ ।
जगतको सृष्टिदेखि नै पवित्रस्थलमा रहेको मक्का मदिनामा पहिले सबै धर्मावलम्बीले पूजा आराधना गर्ने तीर्थस्थल थिए । मोहम्मदले उपदेश दिने क्रममा यहीँ कुरान अवतरित भएको विश्वास मुस्लिम समुदायको छ । कुरान अवतरित भएपछि यहाँ अरु धर्मावलम्बी कम भए ।
अनि इस्लाम धर्मावम्बीको मुख्य तीर्थस्थलका रुपमा मान्न थालियो । यसअघि जेरुसेलमलाई इस्लाम धर्मावम्बीको मुख्य तीर्थस्थल मानिन्थ्यो । यसैकारण इस्लाम धर्मावलम्बी जीवनमा एकपटक मक्का मदिनामा गएर हज गर्न चाहन्छन् ।
इस्लाम धर्मममा महत्वपूर्ण योगदान गरेकाले आज उनको उपदेशलाई सम्झने कार्यक्रम छ । यस अवसरमा आज र्याली, सभालगायत कार्यक्रम गरि मनाइदै छ । यसै अवसरमा संघीय सरकारले सामुदायिक बिदा दिएको छ भने बाँकेका ६ पालिकाले स्थानीय बिदा समेत दिएका छन् ।
नेपालगञ्जमा निकालिएको र्यालीमा पुगेर पुर्व मन्त्री एवं जसपाका केन्द्रीय महामन्त्री मोहम्मद इस्तियाक राईले मोहम्मद डे को शुभकामना दिँदै शौहर्दपूर्ण तरिकाले मोहम्मद डे मनाउन आग्रह गरे ।
यसैगरी नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले मुस्लिम धर्मावलम्बीको पर्व मोहम्मद दिवसले नेपाली राष्ट्रिय एकता र अखण्डतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे ।
दिवसका अवसरमा आज शुभकामना सन्देश दिदै अध्यक्ष शाहले मोहम्मद पर्वले सबै समुदायबीच आपसी भाइचारा र सद्भाव अभिवृद्धिमा प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गरे ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार