नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिका वडा नं. ४ बाट ५५ क्युफिट काठ वरामद गरिएको छ । भे२त १९४१ नम्वरको ट्याक्टरमा लोड गरि ल्याउँदै गरेको अवस्थामा उक्त परिमाणको काठ वरामद गरिएको हो ।
काठ लोड गरेको ट्याक्टरलाई नियन्त्रणमा लिइए पनि काठ तस्कर भने फरार रहेको प्रहरीले जनाएको छ ।
नरैनापुर ४ मा रहेको सदावहार सामुदायिक वनवाट तस्करहरुले सो परिणामको काठ रातिको समयमा चोरी गरि राप्तिसोनारी ६ तर्फ लैजाँदै गर्दा उक्त सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारीहरुले राती नै काठ लोड गरेको ट्याक्टर नियन्त्रणमा लिएका थिए ।
यस समवन्धमा सामुदायिक वन, सम्वन्धित निकाय तथा प्रहरीविच समन्वयात्मक अनुसन्धान भईरहेको बताइएको छ ।
2025-06-22
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार