Listen LIVE

बाँकेमा मतदाता नामावली दर्तामा उत्साहजनक सहभागिता

नेपालगञ्ज : बाँकेमा फोटोसहितको मतदाता नामावली दर्तामा उत्साहजनक सहभागिता देखिएको छ । बाँकेमा हालसम्म चार हजार १९३ जना नयाँ मतदाता थपिएका छन् ।

जिल्ला निर्वाचन कार्यालय बाँकेका जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले मतदाता नामावलीमा नाम दर्ता गराउनेमध्ये ६० प्रतिशत हाराहारीमा युवा पुस्ता रहेको जानकारी दिए ।

उनले निर्वाचन कार्यालयमा दैनिक २०० कोे हाराहारीमा नाम दर्ता भइरहेको बताए । बाँकेमा तीन लाख ३३ हजार ९३४ मतदाता छन् । सो मतदातामध्ये एक लाख ६९ हजार ८७६ पुरुष, एक लाख ६४ हजार ४९ महिला र नौ जना अन्य छन् ।

प्रतिक्रिया