तनहुँ : चितुवाको आक्रमणबाट तनहुुँमा एक बालकको मृत्यु भएको छ । बन्दीपुर गाउँपालिका–२ कुवादीका दलबहादुर गुरुङको पाँच वर्षीय छोरा उत्सव गुरुङलाई सोमबार साँझ साढे ७ बजे चितुवाले आक्रमण गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।
प्रहरी नायब उपरीक्षक थापाले चितुवाको आक्रमणबाट घाइते बालको बन्दीपुर अस्पतालमा उपचारका क्रममा सोमबार साँझै ८ः२० बजे मृत्यु भएको बताए ।
बन्दीपुर गाउँपालिका–२ का वडाध्यक्ष तिलबहादुर कुँवरले घरको पिढीमा आमासँगै बसिरहेको बेला चितुवाले आक्रमण गर्दा बालकको मृत्यु भएको जानकारी दिए । चितुवाले आक्रमण गरेपछि परिवार छुट्टाउन जाने क्रममा चितुवा भागेको वडाध्यक्ष कुँवरको भनाइ छ ।
2025-06-10
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार