रुपन्देही : रुपन्देहीका व्यवसायिका लागि बुटवलमा खाद्य स्वच्छता सम्बन्धी तालिम प्रदान गरिएको छ । करिब १ सय जना व्यवसायीलाई समेटेर खाद्य स्वच्छता सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाको आयोजना तथा रूपन्देही मिष्ठान्न क्याटरिङ तथा पार्टी प्यालेस व्यवसायी सङ्घको सहआयोजनामा भएको सचेतनामुलक कार्यक्रममा बोल्ने वक्ताहरुले उपभोक्तामैत्री व्यवसाय चलाउनुपर्ने बताएका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमुख अनुप हलुवाईले अनुगमनका क्रममा धेरै स्थानमा क्षमा गर्न नसकिने गरि ब्यबसाय चलाइएको पाइएको बताए । उनले व्यवसायी उपभोक्ताको हित विपरित जान नहुने बताए ।
कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका उपप्रमुख साबित्रादेवि अर्यालले व्यवसाय चलाउँदा नीति नियममा रहेर इमान्दारिता पूर्वक चलाउन आग्रह गरे । उनले पहिले दर्ता गरेर व्यवसाय चलाउन र मापदण्ड पुरा गर्ने आग्रह गरे ।
बुटवल उपमहानगरपालिका अनुगमन महाशाखा प्रमुख ठगिश्वर पोखरेलले नगरले कसैलाइ दुःख दिने नभइ उपभोक्ताको हितमा काम गर्ने बताए ।
सो अवसरमा उपभोक्ता हित संरक्षण मञ्च बुटवल अध्यक्ष समुद्र जिसिले बुटवलका पछिल्ला अनुगमनले धेरै सुधार गरेको र उपभोक्ता पनि सचेत भएको बताए ।
कार्यक्रममा खाद्य निरक्षक प्रशिक्षक टिका निरौला, ज्योत्सना अधिकारी महासंघका केन्द्रिय उपाध्यक्ष लक्ष्मण पोखरेल, रूपन्देही मिष्ठान्न क्याटरिङ तथा पार्टी प्यालेस व्यवसायी सङ्घका अध्यक्ष कमल पोखरेल, बरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद सापकोटा, सचिव केशव कडेंल ,होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका पर्यटन उपाध्यक्ष रोमकान्त पाण्डे, होटल व्यवसायी थमन भण्डारी लगायतले बोल्दै अनुगमनका नाममा ब्यवसायी तर्साउने नहुने तर सचेत बनाएर सच्चिन मौका दिनुपर्ने बताएका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार