बर्दिया : जिल्ला प्रहरी कार्यालय बर्दियाले दुई जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा प्रहरी सहायक निरीक्षक (असई) राजबहादुर थापा र प्रहरी जवान सुरज थापा रहेका छन् ।
बर्दिया प्रहरीले उनीहरुलाई साढे २१ किलो ६७ ग्राम अफिमसहित दुई जनालाई पक्राउ गरेको हुँदा पुरस्कृत गरेको जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाले उनीहरु दुबैलाई नगदसहित पुरस्कृत गरेको हो ।
बैशाख २१ गते साँझ सुर्खेतबाट नेपालगञ्जतर्फ आउँदै गरेको अवस्थामा बाँसगढी नगरपालिका–१ चेपाङ स्थित रत्नराजमार्ग सडक खण्डमा प्रहरी चौकी चेपाङका इन्चार्ज असई राजबहादुरको नेतृत्व खटिएको जवान सुरजको टोलीले जाजरकोटको नलगाड नगरपालिका–७ का ३७ वर्षीय भक्त बहादुर शाही र चितवनको राप्ती नगरपालिका–११ आरपानी गाउँका २७ वर्षीय कुमार तामाङलाई अफिमसहित पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी बर्दियाले असई राजबहादुर र जवान सुरजले ठुलो परिमाणमा अफिम बरामद गरेर उत्कृष्ट कार्य गरेको कारण पुरस्कृत गरेको जानकारी दिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार