Listen LIVE

बाँकेमा एम्बुलेन्स चालकले बुझाए ज्ञापनपत्र

नेपालगञ्ज : संयुक्त एम्बुलेन्स चालक संघ नेपाल, जिल्ला शाखा बाँकेले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउँदै स्वास्थ्य मन्त्रालयले जारी गरेको राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ संशोधन नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

संघले बुझाएको ज्ञापनपत्रमा राज्यले एम्बुलेन्स चालकलाई अति आवश्यक सेवाको रूपमा सम्बोधन नगरेको, जोखिमपूर्ण पेशामा स्वास्थ्य सुरक्षा सामग्री, पहिचान खुल्ने पोशाक, जोखिम भत्ता तथा सम्मानको व्यवस्था नहुँदा चालकहरू बिचल्लीमा परेको उल्लेख छ ।

संघले २०७८ सालमा जारी निर्देशिकाका कारण करिब ६००० एम्बुलेन्स चालक र सञ्चालक विस्थापित हुने अवस्था सिर्जना भएको दाबी गर्दै उक्त निर्णयलाई ‘मेडिकल माफियाको योजना’ भन्दै घोर आपत्ति जनाएको छ । हाल देशभरका करिब ८० प्रतिशत एम्बुलेन्स नवीकरण हुन नसकेको र १० वर्ष पुगेका एम्बुलेन्स हटाउने निर्णय राष्ट्रहितविपरीत रहेको संघको आरोप छ ।

प्रतिक्रिया