Listen LIVE

बर्दियाका शिक्षकहरूका लागि द्रुत सिकाई अभिमुखिकरण

नेपालगञ्ज : प्रधानाध्यापक तथा शिक्षकहरुका लागि आपुरण तथा द्रुत सिकाई सम्बन्धी (रियल प्लान)  अचिमुखीकरण कार्यक्रमको शुरुवात भएको छ ।

गुलरिया नगरपालिका भित्रका ४६ वटा बिद्यालयका प्रधानाध्यापक तथा विषयगत शिक्षकहरुका लागि सिकाई आपुरण तथा द्रुत सिकाई (रियल प्लान) सम्बन्धी अभिमुखीकरण कार्यक्रम शुक्रबारदेखि गुलरिया नगरपालिकामा शुरुवात भएको हो । 

कोभिड–१९ का कारण बालबालिकाको शिक्षण–सिकाईमा पर्न गएको असर कम गर्ने तथा शैक्षिक गुणस्तर बढाउने उद्देश्यले निदानत्मक तथा उपचारात्मक कक्षा सञ्चालनका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको गुलरिया नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख सतिश यादवले जानकारी गराए । 

यस अभिमुखीकरण कार्यक्रमअन्तर्गत पहिलो चरणमा गुलरिया नगरपालिका भित्र रहेका ४६ वटा सामुदायिक बिद्यालयका प्रधानाध्यापक हरुलाई १ दिने सिकाई आपुरण तथा द्रुत सिकाई सम्बन्धि अभिमुखीकरण  कार्यक्रम सम्पन्न गरिएको छ । 

उक्त कार्यक्रम शिक्षा प्रमुख सतिश कुमार यादवको अध्यक्षतामा सम्पन्न भएको र सो कार्यक्रममा नगर उप प्रमुख साबित्रा गौतम, प्रमुख प्रशासकिय अधिकृत ओमकार शाह र  चन्द्र खत्री तथा लक्षमण थारुको उपस्थिीती रहेको थियो 

दोस्रो चरणअन्तर्गत गुलरिया नगरपालिका भित्र रहेका सामुदायिक बिद्यालयका ९२ जना बिषयगत शिक्षकहरुलाई २ दिने क्षमता अभिबृद्धि तालिम भदौ २९ र ३० गते  सन्चालन हुने जानकारी गराइएको छ । 

सो कार्यक्रममा नेपाल सरकारको शिक्षा मन्त्रालयबाट कार्यन्वयन गरिएको सिकाई आपुरण तथा द्रुत सिकाई (रियल प्लानको नीति) अन्तर्गत प्लान ईन्टरनेशनल नेपाल र बाँके युनेस्को  क्लवको समन्वय तथा साझेदारीमा सन्चालित गरिएको सशक्त बालिका परियोजना संयोजक गोबिन्द प्रसाद लामिछानेले बताए ।

सो अभिमुखिकरण पश्चात कक्षा ३ देखि ८ कसम्मका बिद्यार्थीको परीक्षा सञ्चालन गरी न्यूनतम ३५ भन्दा कम अंक ल्याउने बिद्यार्थीहरुलाई उपचारात्मक कक्षा संचालनका लागि कार्य योजना समेत तयार पारिएको छ । तालिमको सहजीकरण मधुवन नगरपालिकाको शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख नारायण प्रसाद खनालले गरेका थिए । यसका अतिरिक्त सिकाई आपुरण तथा द्रुत सिकाई (रियल प्लान) अन्तर्गत कक्षा ३ देखि ८ कक्षासम्मका सिकाई कमजोर भएका बिधार्थीहरुलाई उनीहरूको पढाइमा सिकाइ उपलब्धी बृद्धि गर्नका लागि शिक्षकहरुको क्षमता अभिवृद्धि गर्न अभिमुखीकरण तथा तालिम सञ्चालन गरिएको सशक्त बालिका परियोजना कार्यक्रम संयोजक लामिछानेले जानकारी गराए ।  

तेस्रो चरणमा अनुगमन मुल्याङ्कण समिक्षा तथा पुनर्ताजगी तालिमहरु प्लान ईन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लवको साझेदारीमा शिक्षकहरुलाई अभिमुखीकरण तथा तालिम सञ्चालनका लागि  सशक्त बालिका परियोजनाले सहयोग गर्ने तथा बिद्यालय स्तरमा उपचारात्मक कक्षा सञ्चालनका लागि आवश्यक बजेट गुलरिया नगरपालिको शिक्षा, युवा तथा खेलकुद शाखाले लगानी गरी बिद्यार्थीहरुको सिकाई उपलब्धिमा सहयोग गर्ने तथा नियमित रुपमा कक्षा सञ्चालनको अनुगमन पालिकाबाट गर्ने जानकारी संयोजक लामिछनेले दिए ।

प्रतिक्रिया