नेपालगञ्ज : बाँकेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । राप्तीसोनारी गाउँपालिकाको बैजापुरमा आज मध्यान्ह दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर–१९ आलानगरका ३९ बर्षीय लोकबहादुर वंशी मगरको मृत्यु भएको हो । गम्भीर घाइते वंशी मगरलाई अस्पताल पुर्याइएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार विपरीत दिशाबाट आइरहेको भे ७ प ४३४० नम्बरको मोटरसाइकल र अर्को एक मोटरसाइकल ठोक्किँदा राप्तीसोनारी–६ छटक पुर बस्ने २९ बर्षीय राधेश्याम थारु घाइते भएका छन् । थारुको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुवै जना मोटरसाइकल चालक हुन् ।
2024-09-26
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार