नेपालगञ्ज : सबै जसो शहरी क्षेत्रको लागि छाडा चौपाया टाउको दुखाइको विषय भएको छ । स्थानिय तह, ट्राफिक प्रहरी, प्रशासनलाई छाडा व्यवस्थापनको लागि सकस हुने गरेको छ । चौपाय व्यवस्थापनको लागि विभिन्न योजना ल्याएको भएपनि स्थायी रुपमा समाधान हुन सकेको छैन ।
दिउँसमा मात्र नभई छाडा गाइबस्तुले रातको समयमा पनि दुर्घट्ना गराउने गरेको छ । त्यसरी रातको समयमा हुने दुर्घट्ना कम गर्न प्रहरीले छाडा चौपायामा टल्किने खालको रिफ्लेक्टर स्टिकर लगाइदिने अभियान सुरु गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका–६ र ४ स्थित सडकमा भेटिने छाडा चौपायलाई समाएर वडा प्रहरी कार्यालय नेपालगञ्ज र अस्थाई ट्राफिक प्रहरी पोष्ट फुल्टेक्राबाट खटिएको संयुक्त टोलीले रिफ्लेक्टर स्टिकर टाँसेको हो ।
टल्कने रिफ्लेक्टर स्टिकरले रातको समयमा सडकमा चौपाय रहेको थाहा दिने हुनाले दुर्घटना कम हुने वडा प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी निरीक्षक अरुण बमले बताए । उनले भने, तर छाडा गाइबस्तुलाई स्टिकर लगाउन सहज भने छैन। ‘हाम्रो प्रयास छाडा चौपाय जति सबैलाई स्टिकर लगाउने हो । तर गाह्रो छ, प्रहरीको युनिफम देखे गाइहरुले झम्टिन खोज्छन् ।’ निरीक्षक बमले भने ‘त्यसैले सिभिल ड्रेसमा गएर फकाइ फकाई लगाइदिनुपर्ने हुन्छ ।’
आइतबार मात्र २५ चौपायको घाँटीमा रिफ्लेक्टर स्टिकर टाँसिएको प्रहरीले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार