नेपालगञ्ज : सर्वदा साहित्य सङ्गमद्वारा नेपालगञ्जमा आयोजित एक कार्यक्रममा दुई जना साहित्यकारका दुई कृति विमोचन गर्नुका साथै तीन जनालाई ‘सर्वदा साहित्य सम्मान’बाट सम्मानित गरिएको छ ।
नेपालगञ्जमा आयोजना गरिएको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य प्राज्ञ महानन्द ढकालले युवाकवि भीम प्रज्ज्वलको कविता कृति ‘कैयौं एकहरू’ र ८८ वर्षीय लेखक भूपेन्द्रप्रकाश बास्तोलाको आख्यान कृति ‘चिरफार’ को विमोचन गरे ।
सोही अवसरमा प्रमुख अतिथि प्राज्ञ सभा सदस्य ढकालले सल्यानका कवि बुद्धिप्रसाद रेग्मी, नेपालगञ्जका प्राडा. जनार्दन आचार्य र सुर्खेतका लेखक दलजीत रसाइलीलाई दोसल्ला र प्रमाणपत्रद्वारा ‘सर्वदा साहित्य सम्मान’ बाट सम्मानित गरे ।
सो अवसरमा विमोचित कृतिका बारेमा मन्तव्य राख्दै ढकालले पछिल्लो समय कृति प्रकाशन गर्नेहरूको सङ्ख्या तीव्र गतिमा वृद्धि भएको जनाउँदै यसबाट साहित्य र लेखनप्रति स्थानीयको रुचि बढेको पुष्टि भएको बताए । विमोचित कृतिमाथि समीक्षकहरू केआर ओली, मीना बराल र राजकुमार थारूले समीक्षात्मक टिप्पणी गरे ।
नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य शशिराम कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सर्वदा साहित्य सङ्गमका अध्यक्ष खगेन्द्र गिरी कोपिला, जीतबहादुर शाह, प्रवेश शाह, गोल्डेन उद्भास, खेम बगर, इन्दिरा अधिकारी र दीपक आचार्य ‘जलन‘ लगायतका कविहरूले आफ्नो रचना वाचन गरेका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार