सल्यान : गोठालो गएको बेला भिरबाट लडेर सल्यानमा एक जनाको मृत्यु भएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा २ बुराँसेका ४५ वर्षीय मीनबहादुर कुंवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
आइतबार दिउँसो बुराँसे जङ्गलमा बाख्रा चराउन गएका मीनबहादुर भिरबाट करिब २० मिटर तल खसेर घाइते भएका थिए । उनलाई स्थानीयहरुले घाइते अवस्थामा फेला परेका थिए । प्रहरीका अनुसार घाइते अवस्थाका मीनबहादुरलाई स्थानीय मेडिकलमा उपचारका लागि लगिएपनि उपचार सम्भव नभएको भन्दै घरमै फिर्ता गरिएको थियो ।
आफ्नै घरमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशम खत्रीले जानकारी दिए । मृतक मृगीरोगी रहेको बताइएको छ । प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ ।
2025-10-06
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार