Listen LIVE

ज्ञान मैत्री कलेजको बिदाइ कार्यक्रम

नेपालगञ्ज : नेपालगञ्जस्थित ज्ञान मैत्री कलेजले स्नातक तह चौथो बर्ष २०७७–२०८१ ब्याचको विद्यार्थीलाई बिदाई गरेको छ । सो अवसरमा चार बर्षे स्नातक तहको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी मेनका चौधरीलाई सम्मानसमेत गरिएको छ ।

यस्तै क्याम्पसमा अध्यापनरत दुई जना प्राध्यापकलाई स्नातकोत्तर तहको अध्ययन पुरा गरेको अवसरमा क्याम्पसले सम्मान गरेको छ । प्राध्यापकद्वय प्रमोद शाह र लक्ष्मी गौतमलाई सम्मान गरेको हो । कार्यक्रममा विद्यार्थीले विभिन्न सांस्कृतिक पहिचान झल्किने नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा क्याम्पसका अध्यक्ष विकास बज्राचार्य, क्याम्पस प्रमुख सतानन्द उपाध्याय, जिवराज भण्डारी, निर्मल गौतमलगायत प्राध्यापकको उपस्थिति रहेको थियो ।

क्याम्पस प्रमुख सतानन्द उपाध्यायले विद्यार्थीलाई आगामी दिनमा उच्च शिक्षा र थप प्रगतिको कामना गरे । बाँके र बर्दियामा ज्ञान मैत्रीको नाम र गरिमालाई अझ थप टेवा पुर्याउन कोशे ढुङ्गा सावित भएको विद्यार्थी बर्गले सुनौलो सपना र भबिष्यका साथ अगाडी बढ्ने उनले विश्वास व्यक्त गरे । उनले यहाँबाट शिक्षित भएका विद्यार्थीहरुले उच्च तहका विभिन्न सरकारी तथा गैरसरकारी निकायको प्रमुख र अगुवाइ गर्नसक्ने समेत बताए । 

हाल विद्यार्थीहरु पलायन र बिदेशको आलिशान सपना देखनुभन्दा आफ्नै देशमा परिश्रम र मेहनत गरेमा सुनौला अवसर पाउने भन्दै प्रमुख उपाध्यायले पश्चिम क्षेत्रको सबैभन्दा कठिन परीक्षा दिएर ८० प्रतिशत नतिजा निकाल्नु गौरवपुर्ण विषय भएको बताए । बिदेश नभई स्नातकोत्तर जस्तो माथिल्लो तह अध्ययन गरेर नेपालमै ज्ञान मैत्रि शिक्षा दिनुपर्ने सुझाव दिँदै उनले बिदेशी भुमिमा श्रम नगरी नेपाली माटोमा सीप बेच्न समेत आग्रह गरे । 

ज्ञान मैत्री कलेजका अध्यक्ष एवं प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्यले सम्मानित हुने विद्यार्थीलाई शैक्षिकरुपले शिक्षित भएको बताए । सीप र अनुभवले अबको यात्रामा सिङ्गो सामाज र राष्ट्रको सकारात्मक विकासमा टेवा पुर्याउने भन्दै उनले प्रतिस्पर्धात्मक परिस्थितिमा तपाईहरुको उन्नति र सफलताले सकारात्मक परिणाम दिने बताए । शिक्षित व्यक्तिनै परिवारको अभिभारा र राष्ट्रको सामुहिक साझेदारीमा अतुलनीय योगदान दिन सकिने अध्यक्ष बज्राचार्यले उल्लेख गरे । एउटा अब्बल राष्ट्रसेवक निजामती र व्यावसायिक व्यबस्थापक देशको नेतृत्वकर्ता बनेको देख्न पाउने आफ्नो आशा रहेको उनले बताए । अनुभवले जिवनमा ठूलो सहयोग गर्ने भन्दै अध्यक्ष बज्राचार्यले बिद्यार्थीहरुको उज्जवल भविष्यको कामनासमेत गरेका थिए । 

पूर्व क्याम्पस प्रमुख मधुसुधन अधिकारीले समय बलवान भएकोले समयको गतिसँगै हिँडनु पर्ने औल्याए । शिक्षासँगै जीवनमा सीप अतिनै महत्वपूर्ण रहेको भन्दै उनले सरकारी र ब्यापारिक क्षेत्रमा अव्वल बन्न अहोरात्र संघर्ष गर्नुपर्ने  बताए ।

प्रतिक्रिया