Listen LIVE

बाँकेमा भोलीदेखि निजी विद्यालय सञ्चालन हुने

नेपालगञ्ज : बाँकेमा आइतबारदेखि निजी विद्यालयहरु सञ्चालन हुने भएका छन् । जेनजीका प्रदर्शनपछि उत्पन्न परिस्थिति सहज बन्दै गएकाले आइतवारदेखि पठनपाठन नियमित हुने भएको हो ।

निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन (प्याब्सन) बाँकेले शनिवार विज्ञप्ति जारी गर्दै यथासमयमा विद्यालय सञ्चालन गर्न अनुरोध समेत गरेको छ । लामो समय विद्यालय बन्द राख्दा विद्यार्थीहरुको शैक्षिक गतिविधिमा ठूलो असर पर्ने भएकाले यसमा अभिभावकहरुलाई पनि सहयोग गरिदिन प्याब्सनले आग्रह गरेको छ ।

प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्यले जेनजीको प्रदर्शनमा भएको ठूलो धनजनको क्षतीप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाउने विद्यार्थीहरुप्रति भावपूर्ण श्रद्धाञ्जली समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया