Listen LIVE

प्रेस चौतारी नेपाल सल्यानको अध्यक्षमा भण्डारी

सल्यान : प्रेस चौतारी नेपाल सल्यानको अध्यक्षमा भूम प्रकाश भण्डारी निर्वाचित भएका छन् । प्रेस चौतारी नेपाल सल्यानको सातौं जिल्ला अधिवेशनबाट भण्डारी अध्यक्षमा निर्वाचित भएका हुन् । जसको उपाध्यक्षमा वामदेव केसी, सचिव चुडामणि पिएम र कोषाध्यक्षमा कुलबहादुर रेउले रहेका छन् ।

यस्तै, सदस्यहरुमा धनेश बुढाथोकी, रुपलाल गिरी, पोखरसिंह वली, पुर्णिमा डिसी रहेका छन् । अधिवेशनले केन्द्रीय परिषद सदस्यमा शंकर केसी र शिवा डांगी, प्रदेश परिषद सदस्यमा झक्कुप्रसाद शर्मा  नोखिराम थापा बिक चयन भएका छन् ।

अधिवेशन उदघाटनमा नेकपा (एमाले) कर्णाली प्रदेशका अध्यक्ष गुलावजंग शाहले पत्रकारिता क्षेत्रलाई फराकिलो दायरामा बढाउनुपर्ने बताए । पत्रकारिता क्षेत्र सङ्कुचित हुने अवस्था भएकाले यसलाई अब फराकिलो दायरा बनाउनुपर्ने बताए । उनले विभिन्न कालखण्डमा राज्यले कहीँ गल्ती गर्छ भने त्यसलाई सहि मार्गमा ल्याउन पत्रकारहरु जाग्नुपर्ने बताए ।

‘‘पत्रकारिता क्षेत्रलाई फराकिलो बनाउँदै सशक्त बनाउनुपर्ने आवश्यकता छ ।,’’ उनले भने, ‘‘सूचना प्रविधिको तीव्र विकासले पत्रकारिताको दायरा फराकिलो बनेकाले सत्यतामा आधारित समाचार प्रवाह गर्नु पर्दछ ।’’

सरकारले समाजिक सञ्जाल नियमन गर्नु पर्ने महशुस गरेर ऐन ल्याउन लागेकोमा सकारामत्क रुपमा लिनु पर्ने शाहको भनाइ छ । उनले भने, ‘‘पत्रकारिताले सत्यतामा आधारित भएर समाजलाई सही दिशा दिनुपर्छ । गलत सूचना (मिसइन्फरमेशन) र भ्रामक सूचना (डिसइन्फरमेशन) नियन्त्रण गर्न आवश्यक छ । तर पत्रकारमाथि दवाव दिने कानुन आयो भने हामी त्यसको विरोध गर्छौं ।’’

नेकपा (एमाले) सल्यानका अध्यक्ष भीमबहादुर सेनले स्वच्छ, मर्यादित, र निष्पक्ष पत्रकारिता अहिलेको आवश्यकता भएको बताए ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानका अध्यक्ष डिल्लीराज रावतले जिल्लाको पत्रकारितालाई मजबुत बनाउन सबैको सहकार्य आवश्यक रहेको जोड दिए ।

प्रेस चौतारी नेपालका केन्द्रीय निर्वाचन आयोगका प्रतिनिधि प्रेमबहादुर राम्जाले सिप, क्षमता र ज्ञान भएका व्यक्तिहरू मात्र पत्रकारितामा टिक्न सक्ने अध्ययन, खोजलाई प्रथामिकता दिनुपर्ने आवश्यकता औंल्याए ।

प्रतिक्रिया