Listen LIVE

जेन–जी आन्दोलन : ट्रमा अस्पतालमा थप एकको मृत्यु

काठमाण्डौ : जेन–जी पुस्ताको आन्दोलनका क्रममा घाइते भएका अर्का एक युवकको पनि मृत्यु भएको छ।

ट्रम सेन्टरमा उपचारका लागि पुर्याइएका एक युवकको मृत्यु भएको सेन्टरका निर्देशक डा.बद्री रिजालले जानकारी दिए। उनलाई अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।  उनको पनि परिचय खुलेको छैन।

निर्देशक रिजालका अनुसार ट्रमा सेन्टरमा ३० भन्दा धेरै घाइतेको उपचार भइरहेको छ।

यसअघि मीनभवनस्थित सिभिल अस्पतालमा पनि एक युवकको मृत्यु भएको थियो। भ्रष्टाचार र कुशासनविरुद्ध भन्दै आज जेन–जी पुस्ताले देशभर आन्दोलन गरेका छन्।

काठमाडौंमा भएको आन्दोलन उग्र भएपछि प्रहरीले प्रदर्शनकारीमाथि पानीका फोहरा र अश्रुग्यासका साथै रबरका गोली हानेको थियो।

प्रदर्शनका क्रममा झण्डै एक सय जना प्रदर्शनकारी घाइते भएका छन्। उनीहरुलाई बानेश्वर र माइतीघर आसपासका अस्पतालहरूमा लगिएको छ।

जिल्ला प्रशासन कार्यालयले कफ्र्यु लगाए पनि काठमाडौंमा युवाहरूको प्रदर्शन रोकिएको छैन।

प्रतिक्रिया