दाङ : दाङमा पार्किङ गरेर राखेको पिकअप बोलेरा गाडीले च्यापेर एक जनाको मृत्यु भएको छ । आइतबार बिहान लमही नगरपालिका–५ सुनखोली निवासी २१ वर्षीय राजेशकुमार बानियाको पिकअप गाडीले च्यापेर मृत्यु भएको हो ।
बानियालाई आफ्नै घर अगाडि रोकेर राखिएको लु ३ च ४८१४ नम्बरको गाडीले च्यापेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी जानकारी दिए । सूचना अधिकारी शाहका अनुसार आइतबार बिहान करिब ६ बजेतिर गाडीको टायरमा राखिएको ओट (ढुङ्गा) हटाउने क्रममा गाडी ब्याक हुँदा च्यापेको थियो ।
गाडीले च्यापेर गम्भीर घाइते भएका बानियालाई उपचारका लागि लमही अस्पताल लगिएको थियो । उपचारका क्रममा बानियाँको मृत्यु भएको प्रहरीले जनाएको छ । घटना बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
2025-07-20
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार